Swornakshar Logo

दुईतिहाइ होइन ५५ प्रतिशत मत पाएका हौःमाधवकुमार नेपाल

१ जेठ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै नेकपाको पक्षमा रहेको बताए । निर्वाचनमा आफुहरुले ५५ प्रतिशत मात्र मत पाएकाले दुईतिहाइको घमण्ड गर्न नहुने धारणा राखेका छन् ।

पार्टी निकट युवा संगठनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका कुरा सुन्न र सुख–दुःख बुझ्न पार्टी नेतृत्वलाई सुझाव दिए । उनले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अध्ययन, चिन्तन गर्न अनुरोधसमेत गरे।