Swornakshar Logo

बालिका बलात्कारको अभियोगमा पूर्वप्रहरी खरेल पक्राउ

३० बैशाख । काठमाडौं । ७ वर्षीया बालिका बलात्कार गरी फरार भएका राष्ट्रिय असुसन्धान विभागका पूर्वप्रहरी पक्राउ परेका छन् । बलात्कार गरी फरार पूर्वप्रहरी भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको टोलीको समन्वयमा कञ्चपुर प्रहरीले सोमबार पक्राउ गरेको हो ।

अपराध महाशाखाले उनलाई कञ्चनपुरको बेलौरीबाट पक्राउ गरिएको जनाएको छ । उनलाई आजै कञ्चनपुरबाट काठमाडौं ल्याउने तयारी भइरहेको महाशाखा स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार खरेलले रामेछाप खाडादेवी–२ की माझी थरकी ७ वर्षीया बालिकालाई गत वर्षको फागुनदेखि चैतसम्म पटक पटक बलात्कार गरेको उजुरी परेको थियो ।

पीडित बालिकाका परिवारले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपछि खरेल फरार थिए । खरेलमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।