Swornakshar Logo

पाकिस्तानको पाँच तारे होटलमा बन्दुकधारीद्धारा हमला


एजेन्सी

२८ बैशाख । काठमाडौ । पाकिस्तानमा पाँच तारे होटलमा बन्दुधधारीले हमला गरेको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर शहरमा उक्त हमला भएको समाचार एजेन्सीले जानकारी दिएको छ ।
समाचारका अनुसार होटलबाट मानिसहरुलाई बाहिर निकालिएको छ । अहिले सुरक्षा बल र चरमपन्थीहरुबीच दोहरो भिडन्त जारी रहेको बताइएको छ ।
होटलका कर्मचारीहरु अहिले पनि भित्र रहेको आशंका गरीएको छ । बलुचिस्तान प्रान्तका गृहमन्त्री मीर जियाउल्लाहले बीबीसीलाई भने कि प्रहरी,फ्रन्टियर कोर र अन्य सरक्षा निकायले होटललाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उनले भनेकि कुनैपनि विदेशी नागरिक हमललाको समयमा त्यहाँ थिएनन् । उनका अनुसार बलुचिस्तानमा आत्मघाती हमलाकारी आएको रिपोर्ट सुरक्षा निकायलाई जानकारी थियो । तर ग्वादरमा यस्तो कुनै हमला भएको छैन ।
समाचारमा जनाए अनुसार बलुचिस्तान लिबरेशन आर्मीको माजिद बिग्रेडले यो हमलाको जिम्मेवारी दिएको छ ।