Swornakshar Logo

अबको तीन दिन देशैभरि हुरीबतास र चट्याङसहित पार्नी पर्ने सम्भावना

बैशाख २८। काठमाण्डौ । अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । यस्तै केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्नेछ ।