बैशाख २८ । काठमाडौं । नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएको छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएको सम्झौताअनुसार नेपाललाई रेल दिने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले यसअघि नै दिने सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…