विप्लव समूहका कैलाली विद्यार्थी अध्यक्ष पनि गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंह गिरफ्तार भएका छन् ।
सिंहलाई धनगढी उपमहानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क वृद्धिको विरोध गरिरहेका बेला शुक्रबार सिंहलाई प्रहरीले गिरफ्तार गरेको हो ।
शुक्रबारै प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेको थियो । अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रमबाट ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रतिक्रिया दिनुहोस्: