Swornakshar Logo

भ्रष्टाचार अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपतिले गरे आत्मसमर्पण

बैशाख २७ । भ्रष्टाचार अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन्

प्रहरी समक्ष आत्मसमर्पण गरेका उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखिएको छ । पूर्व राष्ट्रपति मिसेल टेमेअरलाई गत मार्च महिनामा पनि चार दिन हिरासतमा राखिएको थियो ।तर उनले हालेको बन्दी प्रत्यक्षीकरण रिट जारी भएपछि उनी हिरासत मुक्त भएका थिए । बुधवार एउटा अदालतले उनलाई पुनः जेल चलान गर्न आदेश दिएको थियो । न्यायिक आदेशको पालना गर्दै पूर्व राष्ट्रपति टेमेअरले स्वेच्छिक रूपमा आफूलाई अधिकारीहरू समक्ष प्रस्तुत गरेका हुन् ।

गत वर्षको अन्त्यमा कार्यकाल सकाएका उनीविरूद्ध भ्रष्टाचार , आपराधिक सङ्गठनको नेतृत्व गरेको लगायतका अभियोग सहित छवटा दण्डनीय मुद्दा छन् । आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका पूर्व राष्ट्रपति टेमेअरले अदालतको आदेश खेदजनक भएको टिप्पणी गरेका छन् ।