Bagmati Samachar Logo

उत्तर कोरियाले गर्यो सानो दूरीका क्षेप्यास्त्र परीक्षण

बैशाख २६। उत्तर कोरियाले सानो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।परमाणु वार्तामा सहमति गर्न विफल अमेरिकामाथि दबाव दिने प्रयास स्वरूप उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको विश्लेषकहरूले औल्याएका छन् । परमाणु कार्यक्रमसम्बन्धी अवरुद्ध वार्तालाई अगाडि बढाउने प्रयास स्वरूप एक उच्च अमेरिकी दूत दक्षिण कोरियाको सोलमा रहेको जनाइएको छ ।

गत फेब्रअरीमा उत्तर कोरियाली नेता किम जङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच भियतनाममा भएको दोस्रो शिखर बैठक विना कुनै सहमति टुङ्गिएको थियो । दक्षिण कोरियाली सेनाले थप विवरण नखुलाई स्थानीय समय अनुसार बिहान साढे चार बजे उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।