Swornakshar Logo

विप्लव नेकपाका पोलिटब्युरो सदस्य भरत बम पक्राउ

२५ बैशाख । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव‘ नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य भरत बम गिरफ्तार भएका छन् । नेपालगन्जको कोहलपुरबाट बुधबार गिरफ्तार गरेको नेपालगन्ज प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले विस्फोटक पदार्थसमेत बरामद गरेको जनाएको छ ।

अपराध महाशाखाले यसअघि विप्लव नेकपाका मध्य कमाण्ड इन्चार्ज तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुदशर्न’ लाई काभ्रेबाट गिरफ्तार गरेको थियो । बम सुदर्शनपछि पक्राउ पर्ने विप्लव नेकपाका तेस्रो ठूला नेता हुन् ।

नेपाल सरकारले २८ फागुनमा विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव नेकपाका तीन सय भन्दा बढी नेता तथा कार्यकर्ता गिरफ्तार गरेको छ ।