अमेरिका जाने डीभी चिट्ठाको नतिजा सार्वजनिक भयो
२५ बैशाख ।अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ ।
गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । ईडीभी को नतिजा नेपाली समय अनुसार मंगलबार बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो ।
डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।
ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट भने खुल्न सकिरहेको छैन ।
ईडीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्: