Swornakshar Logo

पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जाइरोकप्टर दुर्घटना

२४ बैशाख । कास्की – पोखरा विमानस्थलमा मंगलबार दिउँसो जाइरोकोप्टर दुर्घटना भएको छ । दिउँसो झण्डै २ बजे दृश्यावलोकन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गमा दुर्घटना भएको हो ।

जाइरोकप्टर उत्तरी भेगबाट ल्यान्ड गर्ने क्रममा चिप्लिएर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले बताउनुभयो ।

जाइरोकोप्टरमा फ्रान्सेली पाइलट क्याप्टेन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए उनीहरु दुवै जना सकुशल छन् । जाइरोकोप्टरको पंखा भाचिएको छ भने सिसा फुटेको छ । दुर्घटनापश्चात विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको छ ।