Swornakshar Logo

आँधीका कारण १३६ यात्रु बोकेको विमान दुर्घटना

२१ बैशाख । फ्लोरिडाको ज्याक्सनभिलमा विमान दुर्घटनामा परेको छ । ठूलो आँधीका कारण अवतरणका क्रममा रहेको विमान रनवेबाट चिप्लिएको थियो ।

विमान रनवेबाट चिप्लिएर सेन्टजोन नदीको किनारमा पुगेपनि डुबेको छैन । विमानमा रहेका १३६ यात्रु सकुशल छन् । दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

यो विमान क्युवाबाट ज्याक्सनभिल आउँदै थियो ।