Bagmati Samachar Logo

श्रमिकमाथि शोषणको अन्त्य हुनेछ मन्त्री विष्ट

१८ वैशाख। काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रमिकमाथि हुने सबै किसिमका शोषणको अन्त्य गरिने बताउनु भएको छ । यसअघि शक्तिमा रहेका व्यक्तिहरुलाई पिल्स्याउने काम गरेको बताउदै मन्त्री विष्टले शक्तिको आडमा मजदुरमाथि हुने दमन नसहने बताउनु भएको हो ।

१३० औँ मजदुर दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले पसिना बगाउने श्रमिकको व्यथा दर्दानक दायक रहेको र सरकार श्रमिकपक्षिय समाजको निर्माणमा अगाडी बढेको बताउनु भएको हो ।

श्रमिकहरुको लागि सुनौला दिनको निर्माण गर्ने बताउँदै उहाँले भन्नुभयो न्यूनतम तलबको प्रभावकारी कार्यान्वन हुने जसले श्रमिकले आफ्नो श्रमको मूल्य सहजरुपमा पाउछन् ।