Swornakshar Logo

माओवादीको हमलाबाट महाराष्ट्रमा १६ सुरक्षाकर्मीको मृत्यु

१८ वैशाख। माओवादीको आक्रमणबाट १६ जना सुरक्षाकर्मीहरुको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेको बीबीसीमा उल्लेख गरेको छ । सुरक्षाकर्मी गएको उक्त ठाउँमा माओवादीले २५ वटा भन्दा बढी गाडी जलाएको थियो । गढचिरौली महाराष्ट्र माओवादीबाट एकदमै प्रभाव क्षेत्र रुपमा मान्ने बीबीसीले जनाएको छ ।

उक्त हमालामाबाट शहीद भएकाहरुको पुष्टि गर्दै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र पडणवीसले शहीतहरुको परिवारका साथमा आफ्नो संवेदना रहेको सामाजिक संजालमार्फत भनेका छन् ।