Swornakshar Logo

मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारी थकाइकै कारण मृत्यु

बैशाख १६। अत्यधिक कार्यभारका कारण इन्डोनेशियामा मृत्यु हुनेको संख्या २ सय ७२ नाघेको छ ।विश्वको सबैभन्दा ठूलो एकदिने चुनावको दश दिनपछि इन्डोनेशियामा निर्वाचन आयोगका २७० भन्दा धेरै कर्मचारीहरुको अत्याधिक कार्यभारका कारण मृत्यु भएको हो ।

करोडौँ मतहरु हातैले गन्नु पर्ने भएपछि अत्यन्तै लामो समयसम्म काममा खट्दा थकाइसँग सम्बन्धित रोगका कारण उनीहरुको मृत्यु भएको हो ।त्यसबाहेक १ हजार ८ सय ७८ जना बिरामी भएका छन् । आठ घण्टा लामो निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएपनि सबै मत हातैले गन्नु पर्दा थकानले उनीहरुको ज्यान गएको बताइएको छ ।