Swornakshar Logo

नेपालमा भन्दा ४ घण्टा पहिले भारतमा आएको थियो शक्तिशाली भूकम्प

११। बैशाख । भारतको अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्प आएको छ । भारतको उत्तर पूर्वी क्षेत्रमा पर्ने यि दुई राज्यहरुको आसपास केन्द्रबिन्दु बनाएर बिहान २ बजे शक्तिशाली भूकम्प आएका भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

भुकम्पका कारण कुनै मानवीय क्षति नभएको जनाइएको छ । भूकम्पको धक्का अरुणाञ्चल र असमको सीमावर्ती चीनका क्षेत्र, तिब्बत र म्यानमारमा पनि महसुस भएको थियो ।

त्यसको झण्डै पाँच घण्टापछि नेपालमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । धादिङको नौविसे केन्द्रबिन्दु भनिएको भुकम्प ४.७ म्याग्नेच्युटको मापन गरिएको छ । एका बिहानै आएको भुकम्पले राजधानी लगायत आसपासका मानिसहरु त्रसित भएका छन् ।