ताजा अपडेट
अन्तर्राष्ट्रिय

इस्लामावादमा बसबाट उतारेर १४ यात्रुलाई गोली हानेर हत्या

इस्लामावादमा बसबाट उतारेर १४ यात्रुलाई गोली हानेर हत्या

इस्लामावादको बलोचिस्तानमा १५ देखि २० जनाको आतंकारी समुहले गरेको बस आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य २ जना भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।

त्यहाँको प्रहरीले आतंकारीहरुलाई पहिचान्न नसकेको बताएको छ साथै घटना गराइनुको कारण पनि पत्ता लाग्न सकेको छैन् । आतंकारीहरुले ६ ओटा बस रोकेर सो बसमाथि आक्रमण गरेका थिए ।

आतंकारीहरुले व्यतितगत विवरण चेक गर्ने भन्दै १६ यात्रुहरुलाई बाहिर निकालेका थिए । बच्न सफल दुई जनाको उपचार भइरहेको छ । घटना बिहीबार बुजी टप क्षेत्रको मकरान कोस्टल सडखण्डमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…