Swornakshar Logo

वर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेँः विष्णु पौडेल

६ वैशाख । काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले वर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको बताएका छन् । जग्गा खरिद प्रकरणमा दोस्रो विज्ञप्ति प्रकाशित गरेका छन् । उनले आफूले सरकारी कागजात किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा नहडपेको भन्दै विज्ञप्ती जारी गरेका छन् ।

पौडेलले २०६१ सालमा बालुवाटारमा ८ आना जग्गा किनेका थिए । सो जग्गा सरकारी भएको र भूमाफियाले हडपेको तथ्य सार्वजनिक भएको हो । आफूले सरकारी जग्गा नहडपेको भन्दै पौडेलले यस सम्बन्धमा सत्य तथ्य बाहिर ल्याउन माग गर्दै सरकारले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।
पौडेल नेकपाको महासचिव भएर पनि विज्ञप्ती भने विष्णु पौडेल बुटवल ८ रुपन्देही को ठेगानाबाट जारी गरेका छन् ।