Swornakshar Logo

बिहीबार बिहानसम्म मौसम प्रतिकुल रहने, असिना पानी र हुरीबतासको सम्भावना

४ बैशाख । पश्चिमी वायुको प्रभावले मुलुकका केही स्थानमा भोलि बिहान सम्म हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ । मौसम पूर्वानुमान महासाखाका अनुसार काठमाडौंसहित मुलुकको प्राय धेरैजसो स्थानमा हावाहुरी, चट्याङ, असिनासहितको बर्षा हुने योग रहेको छ ।

पश्चिमा वायुका साथै बङ्गालको खाडीबाट आएको हावाकाको कारणले नेपालमा अझै २४ घण्टासम्म मौसम प्रतिकल रहने मौसम विद्हरुको भनाइ छ । यसको प्रभावले मुलुकका केही ठाउँमा असिना पनि पर्ने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने मौसम मौसमविदहरुले बताएका छन् ।