Swornakshar Logo

विप्लव समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई पक्राउ गरेको छ ।

नेकपा पार्टीमा लामो समयदेखि लागेका ज्वालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एकजनालाई पक्राउ गरेको एसपी सिंहले बताए।

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चारजनालाई पक्राउ गरेर हिरासतमा राखी विभिन्न मुद्दा चलाएको छ ।