Swornakshar Logo

फिल्म ‘कालो वर्ष’ को टिजर रिलिज, भुकम्पपछिको कथावस्तु

फिल्म ‘कालो वर्ष’ को टिजर रिलिज भएको छ । ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका फिल्ममालाई लक्षु गौतमले निर्देशन गरेका हुन् । फिल्मको कथा भने ओकेश पनेरुले नै लेखेका छन् ।

फिल्ममा भुकम्पपछिको कथावस्तु समेटिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी फिल्मको टिजर सार्वजनिक गरेको हो । फिल्मको निर्माण योगेन्द्र पनेरु, श्याम खड्का र राम खड्काले गरेका छन् । खेम सारु मगरले संगीत भरेका गीतलाई अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका हुन्।

निर्देशक गौतमले यो फिल्मबाट निर्देशनमा डेब्यु गरेकी छन् । उनले फिल्मलाई पहिलो पटक निर्देशन गरेकी बताइन् । आफूले निदेर्शन गरेको फिल्मलाई हल सम्म गएर हेर्न पनि आग्रह गरेकी छन् । फिल्मलाई दर्शकहरुले निकै रुचाउने निर्माता टोलीको दाबी छ ।

फिल्ममा खलनायकको मुख्य भूमिका निभाएका पवन भट्टराईका अनुसार नेपाली गाउँ,समाजको घटनाहलाई फिल्मको मुख्य विषयवस्तु बनाएको छ । फिल्ममा दैविक प्रकोपको कारण आम जनजीवनले भोग्नु परेको समस्याहरुलाई समाबेश गरेको उनले बताए । फिल्म आगामी बैशाख १३ गते प्रर्दशनमा आउँदैछ ।