भारतले पाकिस्तानमाथि आक्रमण गर्ने
पाकिस्तानले भारतमाथि सैन्य आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ ।पाकिस्तानले विश्वसनीय गुप्चतर सुचनाअनुसार यही अप्रिल महिनामै भारतले सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको हो तर भारतले भने पाकिस्तानले लगाएको आरोप अस्वीकार गरेको छ । पाकिस्तानले लगाएको आरोप ‘वार हिस्टेरिया’ रहेको भारतको प्रतिक्रिया छ ।
पाकिस्तानी विदेश मन्त्री शाह मेहमूद कुरेशीले भारतले १६ देखि २० अप्रिलको बीचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएका हुन ।
गत फेब्रुअरी १४ मा जम्मू–कश्मीरको पुलवामा आक्रमणपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो । त्यसपछि भारतले बालकोट क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।सो आक्रमणमा पाकिस्तानी सेनाले एक भारतीय विमान खसालेको थियो र विमानका चालकलाई नियन्त्रणमा लिएको थियो ।नियन्त्रणका लिइएका विमान चालकलाई सकुशल फिर्ता पठाएर पाकिस्तानले वार्ताको पहल गरेको थियो ।
तर त्यसले पनि दुई देशबीचको सम्बन्धमा कुनै सुधार आउन सकेको छैन ।पाकिस्तानले आरोप लगाएलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयको गैरजिम्मेवार तथा अनावश्यक आरोपलाई भारतले सीमा क्षेत्रमा युद्धको उन्माद फैलाउनु पाकिस्तानको उद्देश्य रहेको जनाएको छ ।पाकिस्तानमा रहेका आतंकवादीलाई भारततर्फ आक्रमण गर्न उक्साउनका लागि पाकिस्तानी विदेश मन्त्रीको यस्तो भनाइ आएको भारतीय पक्षको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्: