Swornakshar Logo

आज पनि मौसममा बदली, हावाहुरीसँगै बर्षाको सम्भावना

सावधानी अपनाउन मौसम विभागको आग्रह

२४ चैत । काठमाडौ । मुलुकभर आइतबारको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा हुँदा हावाहुरी चल्ने र चट्याङ पर्ने सम्भावना अधिक रहेकाले सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार मौसममा विकसित पछिल्लो प्रणालीका कारण अझै दुईरतीन दिन मौसममा बदली कायमै रहनेछ ।

केही दिन यता मुलुकभर नै निरन्तर पानी परिरहेको छ । काठमाडौंमा उपत्यकामा शनिवार बिहान हावाहुरीसहित ठूलो पानी परेको थियो भने तराईका जिल्लामा असिना पानी परेको थियो ।