Swornakshar Logo

भोलि भेनेजुएलामा सत्ता पक्ष र विपक्षले सँगसगै कार्यक्रम गर्ने

२२ चैत । एजेन्सी । भेनेजुएलाको सत्तारुढ दल र विपक्षी दलले शनिबार राजधानी काराकसमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरी आ–आफ्ना तर्फबाट शक्ति प्रदर्शन गर्ने भएका छन् ।
सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला ९पीएसयुभी० र विपक्षी दलले राजधानीमा आफ्ना समर्थकहरुसहितको कार्यक्रमका लागि बिहीबार आह्वान गरेका हुन् ।

‘यही शनिवार अप्रिल ६ तारिखका दिन हामी सवै जना स्थानीय समय अनुसार बिहान नौ बजे राजधानीको मुख्य ठाउँमा भेला हुन लागेका छौँ,’ सत्तारुढ दलको कार्यक्रम तथा जनपरिचालन उपाध्यक्ष डारिओ भिभासले भने ।

राज्यद्वारा सञ्चालित भि टिभीलाई टेलिफोनमा उनले दिएको जानकारी अनुसार सरकार समर्थकहरुले सरकारको पक्षमा नारा लगाउँदै राष्ट्रपति कार्यालय अगाडिसम्म ¥याली निकाल्ने भएका छन् ।

भोलि नै प्रतिवन्धित विपक्षी दलले पनि देशब्यापी प्रदर्शनको आयोजना गरेको छ । सत्तारुढ दललाई सत्ताबाट हटाउनु पर्ने माग गर्दै सो पार्टीले प्रदर्शन गर्न लागेको अधिकारीहरुले बताएका छन् ।

‘अप्रिल ६ तारिखका दिन हामीले परिवर्तनको एजेण्डालाई उठाउदै देशभरी प्रदर्शनको तयारी गरेका छौँ,’ विपक्षी नेता जुआन गुएइदोले भने । गुआइदोले गत जनवरीमा आफूलाई राष्ट्रपति घोषणा गराएका थिए ।

विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुएइदोले काराकसमा संघीय संसदीय दरबार बनाउने घोषणा पनि गरेका छन् ।

‘शनिबार हामीले कडा दवाव दिने छौँ, हाम्रो प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण नै हुनेछ, रणनीतिक र व्यवस्थित तरिकाले हामीले सडकमा प्रदर्शन गर्नेछौँ,’ उनले ट्वीट गरेका छन् ।

सत्तापक्ष र विपक्ष दुवैले शनिबारको प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।