Swornakshar Logo

६ केजी सुनसहित ४ जना पक्राउ

२१  चैत । काठमाडौ । त्रिभुवन विमान स्थलबाट ६ किलोग्राम सुनसहित चार जना पक्राउ परेका छन् ।

थाइ एयरवेजबाट काठमाडौं आएका उनीहरुको साथबाट ६ किलो सुन पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतका जतिन जैन, सुनिता जैन, बबिता र सरिता जर्क छन्। उनीहरु थाई एयरवेजबाट बैंकक हुँदै सुन लिएर काठमाडौं उत्रिएका थिए ।

सुनको मात्रा समेत बढ्न सक्ने प्रहरीले जनाएको छ ।