Swornakshar Logo

ओखलढुंगाको मानेभज्याङमा जिप दुर्घटना, ६ जनाको मृत्यु

१७ चैत । काठमाडौं । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी अन्य चालकसहित अन्य ३ जना गम्भिर घाइते भएका छन् ।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको घटनास्थलबाट उद्धारकार्यमा खटेका प्रहरीले बताए ।

दुर्घटनामा परी ज्यान गुमाउने तथा दुर्घटनामा पर्नेहरुको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ ।

घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।