Swornakshar Logo

ब्रुनाईमा समलिङ्गी सम्बन्धमा रहनेलाई ढुङ्गा हानीहानी मृत्युदण्ड दिइने

ब्रुनाईमा समलिङ्गी सम्बन्ध र परस्त्रीगमनका लागि नयाँ कानून पारित भएको छ । नयाँ कानून अर्को हप्तादेखि ९अप्रिल ३० लागू हुनेछ ।नयाँ कानून अनुसार समलिङ्गी सम्बन्धमा रहेका र परस्त्रीगमनमा दोषी ठहर भएका प्रत्येकलाई ढुङ्गा हानीहानी मृत्युदण्ड दिइनेछ ।

यो सजाय सन् २०१४ मा नै सुल्तानका राजा एवं प्रधानमन्त्री हसानाल बोल्कियाले घोषणा गरेका थिए । अत्यधिक आलोचना खेपेपछि यो विगत चार वर्षदेखि रोकिँदै आएको थियो । सन् २०१८ को डिसेम्बर २९ तारिखमा महान्यायाधिवक्ताको वेबसाइटमा गोप्य रुपमा यसबारे घोषणा गरिएको थियो जसमा अप्रिल ३ देखि नयाँ कानून लागू हुने बताइएको छ ।

मानवअधिकारकर्मीले ब्रुनाईको नयाँ कानूनबारे प्रतिक्रिया दिएका छन् । यो नयाँ कानूनमा चोरी गर्नेको हात वा खुट्टा काटिने पनि बताइएको छ ।

‘ब्रुनाईले आफ्ना यी डरलाग्दो सजाय तत्काल रोक्नुपर्छ, आफ्नो कानूनलाई मानवअधिकारको दृष्टिकोणबाट सच्याउनु पनि गर्छ । अन्तरराष्ट्रिय समूदायले ब्रुनईको यो कदमविरुद्ध आवाज उठाउनुपर्छ,’ एम्नेस्टी इन्टरनेशनलकी ब्रुनई अनुसन्धानकर्ता रचेल चोआ–होवार्डले एक वक्तव्यमा भनिन् ।ब्रुनाईले सन् २०१४ मा सरिया कानून अपनाउने पहिलो देश बनेपछि संसारभरी नकारात्मक टिप्पणी पाएको थियो ।

चार लाख ५० हजार जनसंख्या भएको यो सानो देश इन्डोनेशिया र मलेशियाको छिमेकी देश हो । यहाँ रक्सी बेच्ने पनि अनुमती छैन ।