Swornakshar Logo

यो वर्षको एसईई परीक्षा आइतबारदेखि, देशभरबाट ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने

यस वर्षको एसईई परीक्षा आइतबारदेखि सुरु हुँदैछ । परीक्षामा देशभरबाट चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने छन् ।

यसमध्ये दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा छन् । तर, राष्ट्रिय परीक्षा बोर्ड अनुसार एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा करिब साढे १० हजार कम भएको छ ।

परीक्षाका लागि देशभर एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।