Swornakshar Logo

भारतीय नेताको घोषणा चुनाव जिते प्रत्येक घरमा १० लिटर रक्सी सित्तैमा, महिलालाई २५ हजार दिने

भारतमा हुने चुनावको विषयले यतिबेला सबैतिर चर्चा पाइरहेको छ । विश्वको ठूलो लोकतान्त्रिक मुलुक यति बेला चुनावमय भएको छ। यही चुनावको तातिएको माहोलमा नेताहरुले आफ्नो पक्षमा भोट तान्नका लागि विभिन्न खालका प्रचार गरीरहेका छन् ।

त्यही आकर्षण देखाउने क्रममा तामिलनाडु राज्यको तर्फबाट लोकसभा उम्मेदवार बनेका एक नेताले आफूले चुनाव जिते घरघरमा १० लिटर रक्सी सितैमा पुर्‍याइदिने प्रतिबद्धता गरेका छन् । तामिलनाडु राज्यको तिरुपुरबाट स्वतन्त्र उम्मेदवार बनेका शेख दाउदले सो घोषणा गरेका हुन् । उनले आफुलाई चुवामा विजयी गराउने जनताका घरघरमा १० लिटर रक्सी सित्तैमा पुर्‍याइदिने बताएका छन् ।

पेशाले टेलर रहेका ५५ वर्षीय दाउदले आफ्नो चुनावी घोषणा पत्रमा त्यति मात्रै छैन। घोषणापत्रमा अन्य १५ बुँदा छन्। त्यसमध्ये खास घोषणामा भने प्रत्येक महिलालाई ई २५ हजार रुपैयाँ दिने तथा परिवारका एक सदस्यलाई जागिर दिने र प्रत्येक युवतीको विवाहमा १० वटा सुनको सिक्का र १० लाख रुपैयाँ दिने समेत घोषणा गरेका छन्।