Swornakshar Logo

हतियार बिसाएर आए विप्लवसँग वार्ता गर्न तयार छौंः मन्त्री बास्कोटा

७ चैत । काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्तामा गर्न सधै तयार रहेको स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको नेकपासँग वार्तामा बस्न सरकार तयार रहेको बताए । तर त्यसका लागि चन्द नेतृत्वको नेकपाले हतियार बिसाउनुपर्ने सरकारको सर्त रहेको बास्कोटाको भनाई छ ।
बिहिबार मन्त्रिपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले कुनै पनि समूहको हिंसाजन्य गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए । मन्त्री बास्कोटाले चन्द नेतृत्वको नेकपालाई वार्ताको नाममा थप गलत गतिविधिको तयारी गर्ने छुट हुन नसक्ने पनि बताए ।

मन्त्री बास्कोटाले संविधानमाथि प्रश्न उठाउन पाइने तर संविधानका मूलभूत विषय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले प्रश्न गर्न नपाउने पनि स्पष्ट पारे ।