Bagmati Samachar Logo

म्यानवापर कार्यालयमा बिस्फोट, तीन घाइते

२४ फागुन । काठमाडौं । वैदशीक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट भएको छ । आज शुक्रबार साँझ करिब ७ बजेर ४५मिनेटमा  विस्फोट भएको काठमाडौ पहरी परिसरका एसएसपि बसन्तकुमार लामाले बताए ।
विस्फोट टपजव मेनपावर र सुनगाभा ओरेन्टेशन रहेको कार्यलय रहेको गुरुङको घरमा भएको छ ।
उनले भने ‘ विस्फोट भएको छ कति नोक्सानी भयो र कसले पड्कायो भनेर अहिलेसम्म एकिन हनु सकेको छैन । अनुसन्धान जारी राखेका छौ ।’
प्रत्यक्षदर्शीका अनुसार पार्किङमा राखेको कारमा शक्तिशाली  विस्फोट भएको छ । विस्फोटबाट कार पूर्णरुपमा क्षति भएको र नजिकका घरक ाझ्यालका सिसा फुटेका छन् प्रत्यक्ष दर्शीले बताउ । विष्फोट बसुन्धरास्थित टपजव मेनपावरमा भएको हो ।