Swornakshar Logo

अफिमखेती गर्ने २ जना पक्राउ, खेतमै पुगेर यसरी नस्ट गरियो

१४ फागुन । विराटनगर । मोरङ प्रहरीले १ कठ्ठा १४ धुर जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ र साथै खेतीगर्ने २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष अप्रेशन संचालन गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिका र सुनबर्षी नगरपालिकाको भित्रि क्षेत्रमा लगाइएको ३ हजार ३४ वटा अफिमको बोट नष्ट गरेको प्रहरीले जनाएको छ । अफिम खेति गर्दै आएका चन्द्रप्रसाद गन्गाई र बज्रु गन्गाइलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पथरी शनिश्चरे नगरपालिका ५ मा ७ धुर ,सुनबर्षी नगरपालिका २ मा ४ धुर र बासुदेव गन्गाईको १ कट्ठा जग्गामा लगाइएको अफिम खेती समेत प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरी तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले अफिम खेती नष्ट गर्नुका साथै पक्राउ परेका २ जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही चलाईने प्रहरीले जनाएको छ ।