Swornakshar Logo

बालुवाटारमा आँपको विरुवा रोपेर मनाए प्रधानमन्त्रीले जन्मदिन

११ फागुन । काठमाडौं । आज प्रधानमन्त्री ओलीको ६८ औं जन्मदिन जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आँपको विरुवा रोपेर जन्मदिन मनाएका छन् । बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको आँप रोपेका हुन् । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपिन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।
प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका हुन् ।