Swornakshar Logo

कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद

२ फागुन । काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका २ बाछ प्रहरीको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको छ । अनुसन्धान ब्यूरो कञ्चनपुर, महानगरीय अपराध महाशाखा कैलाली, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले खाल्डो खनि लुकाइ छिपाइ राखेको अवस्थामा१८ किलो सुन बरामद गरको छ ।
पुनर्वास नगरपालिका–२ त्रिभुवन बस्तिको एक घरमा नजिक खाल्डामा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले बताए ।
प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । सुनका १०८ टुक्रा बिस्कुट फेला परेको तिमिल्सेनाले बताए