Swornakshar Logo

डेढ क्विन्टल लागु औषध गाँजा बरामद

२९ माघ । हेटौडौ । मकवानपुर राक्सिराङ गाउँपालिका २ सुनारीसौडामा मकवानपुर प्रहरीले ढेड क्विन्टल गाँजा बरामद गरेको छ । सुनारीसौडाका केही घर गोठहरुमा लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ३ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयूक्त टोली गाँजा बरामद गरेको थियो । माईला भन्ने मदन थोकरको घर खानतलासी गर्दा लागु औषध गाँजा एक क्विन्टल र माईला स्याङबोको घर खानतलासी गर्दा ४१केजी गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता मधुकुमार थापाले बताए । गाँजा बरामद भएपनि उक्त गाँजाको व्यापार गर्ने मानिस भने फरार रहेका छन् ।
गाँजा तथा अफिम खेती नष्ट गर्ने अभीयानको यो हप्ता तेस्रो पटक समेत गरी जम्मा २९१ किलोग्राम लागु औषध गाँजा वरामद गरेको छ ।