Swornakshar Logo

प्रधानसेनापति भारत भ्रमणमा जाँदै

२० पुस । काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा यहि पुस २७ गतेबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने छन् ।
नेपाल र भारतबीच एक अर्को देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन छ ।
भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम छ ।

भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कनेछन् ।