Swornakshar Logo

श्रीलंकाको संसद भंग, जनवरी ५ आम निर्वाचन

२४ कार्तिक ।

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि उत्पन्न राजनीतिक सङ्कटबीच संसद्‌ भङ्ग गरेका छन्। मन्त्रिपरिषद् पनि निलम्बन गरिएको छ ।
शुक्रवार मध्यरातदेखि संसद् भङ्ग गरी सिरिसेनाले जनवरी ५ मा आमचुनावको घोषणा गरेका हुन ।
राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ।
बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ।
गएको महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमासिङ्गेलाई हटाएर उनको ठाउँमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछि त्यहाँ उत्पन्न राजनीतिक सङ्कटमा अर्को मोड थपिएको छ।
देशको नाममा गरिएको आफ्नो सम्बोधनमा सिरिसेनाले प्रधानमन्त्रीको नियुक्ति संविधानअनुसार नै र कानुनविद्हरूको सल्लाहमै गरिएको बताएका थिए।
विक्रमासिङ्गेको युनाइटेड नेशनल पार्टी (युएनपी) का सांसद अजित पेरेरालेले संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम ुगैरकानूनीु भएको भन्दै त्यो अस्वीकृत हुने विश्वास व्यक्त गरेका छन्।