Swornakshar Logo

एसिया प्यासिफिक सम्मेलनः उधारोमै खटिए सुरक्षाकर्मी

१४ मंसिर । काठमाडौँ । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ट पाहुना काठमाडौँ आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ ।

सम्मेलन र विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरे पनि सरकारको आश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।