Swornakshar Logo

पाकिस्तानले लगायो भारतीय चलचित्र र टेलिभिजन माथि प्रतिबन्ध

११ कार्तिक ।
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले भारतीय चलचित्र र टेलिभिजनलार्इ प्रतिबन्ध लगाएको छ । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा शनिवार भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलार्इ फेरि ब्युँत्याएको हो ।

मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराँची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउने सम्बन्धी एक रिटमा आफ्नो आदेश दिएका हुन् ।

उनले भारतीय कार्यक्रम प्रसारण बन्द गर्ने आदेश दिँदै भनेका छन्, ुउनीहरू हाम्रो संविधानको उल्लंघन गर्न र गराउन चाहन्छन् । के हामी उनीहरूका टिभी च्यानलमा प्रतिबन्धसम्म लगाउन सक्दैनौँ रुु

रिपोर्ट अनुसार न्यायाधीशले सम्बन्धित अधिकारीहरूले केवल पाकिस्तानको संविधानले मञ्जुर दिने सामाग्री मात्रै प्रसारण गर्न पनि भनेका छन् ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी ९पेम्रा० ले सन् २०१६ मा स्थानीय टिभी र एफएम रेडियो च्याननलमा भारतीय कार्यक्रमको प्रसारणमा पूर्ण प्रतिबन्ध लगाउने आदेश दिएको थियो ।

यस आदेशलार्इ भारतीय मनोरञ्जन उद्योगद्वारा पाकिस्तानी कार्यक्रम र कलाकारमाथि प्रतिबन्ध लगाउने आदेशको जवाफका रूपमा लिइएको थियो ।

त्यसपछि सन् २०१७ मा लाहौर उच्च न्यायालयले पेम्राद्वारा लगाएको प्रतिबन्धलार्इ अर्थहीन र निर्थक बताउँदै हटाइदिएको थियो । उच्च न्यायालयका अनुसार केन्द्र सरकारलार्इ यस मामिलामा कुनै आपत्ति थिएन ।
आजको अन्नपूर्ण पोष्ट दैनिकबाट।