Swornakshar Logo

भारतका पूर्वअर्थमन्त्री पि.चिदम्बरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

८ कार्तिक ।

काठमाडौं (एजेनसी) । भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरविरुद्ध सम्पत्ति शुद्धिकरणमा दोषी पाइएको भन्दै मुद्दा दायर गरिएको छ ।

भारतको आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गर्ने विभागले चिदम्बर र उनका छोरा कार्ती चिदम्बरमसहित अरु सातजना विरुद्ध मुद्दा दायर गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार तीन हजार पाँच सय करोड पाउण्ड स्टलिङ डलर बराबरक ‘एयरसेल माक्सिस’ नामक वैदेशिक लगानी सम्बन्धी कारोबारमा दोषी पाइएपछि ७२ वर्षे चिदम्बरसहित नौजनाविरुद्ध बिहीबार मुद्दा दर्ता गरिएको हो ।

उनी विपक्षी कांग्रेस आइका एक वरिष्ठ नेतासमेत हुन् । मुद्दाको प्रारम्भिक सुनुवाई नोभेम्बर २६ तारिखदेखि हुने बताइएको छ । चिदम्बरका बाबु छोराले आफूहरुले कुनै गलत काम नगरेको तर पनि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको आरोप लगाएका छन् ।

सेन्टर ब्युरो अफ इभेष्टिगेसनले डा. मनमोहन सिंह प्रधानमन्त्री हुँदा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका चिदम्बरले छोराको सहयोगमा पदको दुरुपयोग गरी वैदेशिक लगानी भित्र्याउँदा सन् २००६ मा करोडौं रुपैयाँ अपचलन गरेको पाइएको बताएको छ ।

घटनाको भारतको आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गर्ने विभाग र सिबिइले संयुक्त रुपमा गरेका थिए ।