Swornakshar Logo

ओम बाबाको बयान सकियो

२२ असोज ।
हेटौंडा । लामो समय देखि झारफुख गदै आएका ओमप्रकाश श्रेष्ठ ओम बाबाको आज जिल्ला अदालत मकवानपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ ।
केहि दिन पहिला हेटौंडा ११ बस्ने सावित्री पुडासैनीको झारफकको क्रममा बेहोस भएर ज्यान गएको थियो । भोलि उनको थुनछेकको बहस हुने छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनी बिरुद्ध सरकारी वकिलको कार्यालयलेअभियोगपत्र दर्ता गरेको थियो ।
पीडितले इलाज सम्बन्धी कसुरमा ओम बाबाविरुद्ध जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । तर, प्रहरीको अनुसन्धान प्रकृया शंकास्पद देखिएको छ । ओम बाबालाई हिरासतभित्र सबै किसिमको सेवा सुविधा दिएपछि प्रहरी विवादमा तानिएको थियो ।

जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार केशब राज कौशिकले दिएको जानकारी अनुसार, आज बयानको कार्य सकिएको छ । भोलि मंगलबार बिहान १० बजेबाट थुनछेकको बहस हुनेछ । आज ओम बाबालाई प्रहरी हिरासत पठाइएको छ ।