Swornakshar Logo

निर्मला हत्या प्रकरणः थप दुई प्रहरी निलम्बित

२२असोज ।

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् ।
चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए ।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परेका छन।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । तर, प्रहरीले अझैसम्म अपराधि पत्ता लगाउन नसकेपछि आलोचना भएको छ । उच्चस्तरीय छानबिन समितिले प्रहरी अनुसन्धान फितलो र शंकास्पद भएको भन्दै फेरि पनि सुक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।