Swornakshar Logo

निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक स् एसपी बिष्ट र बम दिदिबहिनीको शंकास्पद भूमिका

२१ असोज ।
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको लागि गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई बुझाएको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।

गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना लामो अनुसन्धान पछि तयार पारेको प्रतिवेदन गृह मन्त्रालयले आइतवार साँझ सार्वजनिक गरेको हो ।