Swornakshar Logo

गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन

२० असोज ।
काठमाडौं । बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरी अझै कार्वाही गर्न नसकेपछि काठमाडौंमा शनिबार पनि सरकारविरुद्ध प्रर्दशन गरिएको छ ।

निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरिएको हो ।

निर्मलाका निम्ति न्याय अभियान, बलात्कारविरुद्ध राष्ट्रिय अभियान र विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुसहितको प्रर्दशनमा हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग पनि गरिएको छ ।
उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन पहल नगरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रर्दशनकारीहरुले सरकार बलात्कारी सामू लाचार भएको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।