Swornakshar Logo

बाँकेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

२० असोज ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक माइक्रोबस र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको माइक्रो र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।

दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।