Swornakshar Logo

प्रचण्ड र किरणले संगै बसेर सांस्कृतिक कार्यक्रम हेर्ने

१९ असोज ।

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन बैद्यले आज एउटै मञ्चमा बसेर जीवन शर्माका गीत सुन्ने भएका छन् ।

जनवादी गायक शर्माका १० वटा गीत सुनाउने अवसर जुटाउन लागेको हो, इच्छुक सांस्कृतिक प्रतिष्ठानले ।

सो प्रतिष्ठानले शुक्रबार दिउँसो साढे ४ बजे जीवन शर्मा संयुक्त साँकृतिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रचण्ड र बैद्यलाई डाकिएको छ विद्यार्थी नेता बद्री चुडालले बताए ।

साँस्कृतिक साँझमा शर्माले १० वटा जनवादी गीत प्रस्तुत गर्नेछन् भने सामना साँस्कृतिक परिवार, रक्तिम सांस्कृतिक परिवारको गीत र नृत्य तथा सुवोध गौतमले हाँस्यब्यङ्ग्य प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

शर्माका सिमली छाँयामा बसी भरिया लामो सास फेरेको, झर्नाको चिसो पानी लगायतका जनवादी चर्चित गीतहरु गाउने छन् ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत लगायत सहभागी हुने चुडालले बताए । कार्यक्रम राष्ट्रिय सभागृहमा हुने