Swornakshar Logo

कर्मचारी नै संघीयता असफल पार्न उद्यत छन्ः नेताहरु

१९ असोज ।
काठमााडौं । सांसदहरूले निजामती कर्मचारी प्रशासन संघीयता असफल पार्न उद्यत भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न निकाय गाभेर संघीयताको उपहास गरेको भन्दै विपक्षी दलका सांसद मात्र नभई सत्तापक्षकै सांसदले सरकारको आलोचना गरेका छन् ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले मुख्यसचिव लोकदर्शन रेग्मी सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायत पदाधिकारीसँग मन्त्रालयको कामकारबाहीबारे बिहीबार छलफल गरेको थियो  ।

छलफलमा सांसदले केन्द्र सरकारले प्रदेश तथा स्थानीय तहलाई अधिकारविहीन बनाएको, प्रधानमन्त्री कार्यालयमा आवश्यकभन्दा बढी निकाय गाभेर राजतन्त्रको झल्को दिएको, भएका सचिवहरू सिंहदरबारमा थुप्रिएर उपसचिवलाई सचिव बनाएर प्रदेशमा पठाएको भन्दै मुख्यसचिव रेग्मीसँग आक्रोश पोखेका थिए ।

नेकपा सांसद जनार्दन शर्मा, पम्फा भुसाल, झपट रावल, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल लगायतले संघीयता कार्यान्वयन गर्न तथा नेकपा नेतृत्वको सरकारले लिएको लक्ष्यअनुसार कर्मचारीले परिणाम देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । नेता शर्माले कर्मचारीले संघीयता विरोधी हर्कत देखाएको आरोप लगाए । आजको नयाँ पत्रिकामा समाचार छ ।

‘संघीयता विरुद्ध किन खडा हुनुभयो रु प्रदेश तथा स्थानीय तहमा किन कर्मचारी पठाउनु भएन रु संघीयता फेल गर्न खोज्नुभएको हो रु’ उनले प्रश्न गरे ।