Swornakshar Logo

फेकोफनको केन्द्रीय अध्यक्षमा भारती पाठक

१८ असोज ।

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को केन्द्रीय अध्यक्षमा मकवानपुरकी छोरी भारती पाठक सर्वसम्मत चयन भएकी छन्।

धेरै पहिला देखिनै सामुदायिक वनको क्षेत्रमा सक्रिय रहदै आएकि पाठक काठमाडौंमा बुधबार भएको छैठौं अधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएकि हुन ।
उपाध्यक्षमा अहिले कोहि पनि चयन नभएको भएपनि उक्त पद पनि सहमतिमा नै टुड्डयाउने पाठकले बताइन । यस्तै महासचिवमा तीर्थ शाही , सचिवमा ठाकुर भण्डारी पनि निर्विरोध भएका छन् । कोषाध्यक्षमा पार्वता गौतम र शान्ता न्यौपाने दुवैको दावी रहेकोले मिलाएर जाने तयारीमा रहेका छन् ।

अध्यक्ष पाठक यसअघि महासचिव थिइन । उनले कोषाध्यक्षमा दुई कार्यकाल काम गरेकि थिइन । २० वर्षदेखि सामुदायिक वनको क्षेत्रमा काम गर्दै आएकि पाठ यो पटक निर्विरोध अध्यक्ष भएकि हुन ।