Swornakshar Logo

गृहमन्त्रीको राजीनामा माग्दै छापामारशैलीमा सिंहदरबार अगाडि प्रदर्शन

१८ असोज ।
काठमाडौं । निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो । बलत्कारी र हत्यारालाई कारबाही हुनु पर्छ भन्दै आज बिहिबार सिंहदरबार अगाडि प्रदर्शन भएको छ । निषेधाज्ञा तोड्दै स्वस्फुर्त रुपमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन सुरु भएपछि सिंहदरबारको दक्षिणी गेट पनि केहि बेर बन्द भएको थियो ।


हातमा ब्यानर र पम्पेलथ बोकेर प्रदर्शनकारीहरु केहि समय गुटमा नै बसेर धर्ना दिएका थिए । उनीहरुले गृहमन्त्रीको राजीनामा मागेका थिए ।


प्रदर्शनमा सहभागी संघर्ष दाहलले भने‘कम्युनिस्ट सरकारमा पनि बलत्कारी दुई महिना सम्म खोज्न नसक्नु आफैमा लाजमर्दो कुरा हो । त्यहि भएर हामीले गृहमन्त्रीको राजीनामा मागेका हौ ।’


निर्मला पन्तको गत असार १० गते बलत्कारपछि हत्या भएको थियो । बलत्कार गरेको आशंकामा तीनजनाको डिएनए टेस्ट गर्दा पनि नमिले पछि आम मानिसमा झनै आशंका थपिएको छ ।

बलत्कारी र हत्यारा पत्तालगाएर कारबाहि गर्नु पर्छ भन्दै राजधानी र कंचनपुरमा मात्र होइन देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।