Swornakshar Logo

भियतनामको राष्ट्रपतिमा कम्युनिष्ट पार्टीका महासचिवको उम्मेदवारी

१७ असोज ।

भियतानाम । भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् ।

बुधबार उनले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उनी एक्लै उम्मेदवार बनेको समाचारमा जनाइएको छ । भियतनाममा उनलाई शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ ।

कम्युनिष्ट पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदबार बनाउने निर्णय गरेपछि उनले उम्मेदवारी दर्ता गरेका छन्। उनलाई तत्कालीन राष्ट्रपति डाई क्वाङको एक महिना अगाडि निधन भएपछि उम्मेदबार बनाउने घोषणा गरिएको थियो ।

“उनलाई राष्ट्रपतिको उम्मेदबार बनाउने विषयमा पार्टीको केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेको थियो,” पार्टीको आधिकारीक वेबसाइटमा लेखिएको छ ।

देशको राष्ट्रियसभाले उनको उम्मेदवारीलाई स्वतः अनुमोदन गर्ने अपेक्षा गरिएको छ । पार्टी र सरकारको शक्तिशाली पदमा एकैपटक पुग्नेमध्ये उनी पनि एक भइका छन ।

लामो राजनीतिक यात्रा गरे ट्रोङ अहिले ७४ वर्षको भए । उनले मुलुकलाई नयाँ तरिकाले अगाडि बढाउने कम्युनिष्ट पार्टीको विश्वास छ ।